नेरिक किण्डरवर्ल्डमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

Category
News
Published Date
January 23, 2026
नेरिक किण्डरवर्ल्डमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न
Share

ज्ञान, कला र विद्याकी देवी सरस्वतीको पूजाको अवसर पारेर शंखमूलस्थित नेरिक किण्डरवर्ल्डमा आज सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बालबालिका, अभिभावक तथा शिक्षक-शिक्षिकाको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा अध्ययनको प्रारम्भ गर्ने बालबालिकाले विधिपूर्वक अक्षरारम्भ गरेका छन्।

सरस्वती पूजालाई शिक्षाप्रति श्रद्धा र बालबालिकाको उज्ज्वल भविष्यप्रतिको कामनासँग जोड्दै विद्यालयले विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागी बालबालिकालाई रमाइलो, सुरक्षित र बालमैत्री वातावरणमा पहिलो अक्षर चिनाउने अवसर प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। नेरीक एकेडेमीले प्री स्कुलको लागि छुट्टै बालमैत्री  सुविधासम्पन्न भवनमा शिक्षण क्रियाकलाप गर्दै आइरहेको छ भने प्राथमिक तथा माध्यमिक तहका लागि छुट्टै ब्लकमा अध्ययन अध्यापन गर्दै आइरहेको छ ।

नेरिक किण्डरवर्ल्डले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक तथा भावनात्मक विकासलाई केन्द्रमा राखी खेल, सिर्जनात्मक गतिविधि, गीत–संगीत र व्यवहारिक शिक्षामार्फत शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्दै आएको छ। विद्यालयमा छुट्टै बालमैत्री भवन, उज्याला कक्षाकोठा तथा सुरक्षित खेलमैदानको व्यवस्था गरिएको छ।

विद्यालयमा कार्यरत अनुभवी तथा तालिमप्राप्त शिक्षक शिक्षिकाहरूले प्रत्येक बालबालिकाको रुचि र सिकाइ क्षमताअनुसार व्यक्तिगत ध्यान दिने गरेको जनाइएको छ। सहज शुल्क संरचनामा गुणस्तरीय प्रारम्भिक शिक्षा प्रदान गर्दै आएको यस विद्यालय अभिभावकहरूको रोजाइमा पर्दै आएको छ।

विद्यालय प्रशासनका अनुसार आजको सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रमसँगै विभिन्न तहका लागि भर्ना प्रक्रिया पनि सञ्चालनमा रहेको छ। विशेष अवसरलाई ध्यानमा राख्दै आज अक्षरारम्भ गरेका तथा आगामी केही दिनभित्र भर्ना हुने विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको विद्यालयका प्रिन्सिपल मिलन केसीले बताउनुभयो ।

Footer Image

Are you ready to take the next step?