साहित्यपोस्ट र नेरिक एकेडेमीबीच साहित्यिक सहकार्य

Category
News
Published Date
April 09, 2026
साहित्यपोस्ट र नेरिक एकेडेमीबीच साहित्यिक सहकार्य
Share
नेपाली भाषा, साहित्य, संस्कृति र कलाको प्रवर्द्धनमा क्रियाशील एकमात्र अनलाइन दैनिक पत्रिका ‘साहित्यपोस्ट’ र ‘नेरिक एकेडेमी’ बीच साहित्यिक एवं शैक्षिक सहकार्यका लागि महत्त्वपूर्ण सहमति भएको छ । पठन संस्कृति र विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले दुई संस्थाबीच चार बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार साहित्यपोस्टको (इ) पुस्तकालयका पुस्तक र अन्य शिक्षामुलक सामग्रीहरू विद्यालयले न्यूनतम मूल्यमा प्राप्त गर्नेछ । साथै, विद्यालयका साहित्यिक–सांस्कृतिक गतिविधिलाई साहित्यपोस्टले प्राथमिकताका साथ प्रकाशन गर्ने र शिक्षक र विद्यार्थीहरूलाई विद्यालयले आवश्यकता महशुस गराएका लेखक–कविहरूसँग भेटघाट गराउने वातावरण मिलाइने । ‘विद्यार्थीहरूलाई प्रविधि र साहित्यसँग जोड्दै उनीहरूको सिर्जनात्मक क्षमता बढाउन यो सहकार्यले मद्दत पुग्नेछ,’ नेरिक एकेडेमीका प्रधानाध्यापक मिलन कडेलले बताए । यस्तै, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विद्यालय स्तरबाटै नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यमा रुचि जगाउने अभियान अन्तर्गत यो सम्झौता गरिएको बारे जानकारी दिए ।
Footer Image

Are you ready to take the next step?